images
images

भक्तपुरमा समुन्द्री छालसँगै कर्णाली संग्राहलय हेर्नेको भिड बढ्दै 


  • 418
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    भक्तपुरमा समुन्द्री छालसँगै कर्णाली संग्राहलय हेर्नेको भिड बढ्दै 

    भक्तपुर । गर्मीयाम शुरु भएसंगै भक्तपुरस्थित काठमाण्डौ फनभ्यालीमा चहलपहल बढ्न थालेको छ । काठमाडौं उपत्यकाकै सवैभन्दा ठूलो फनपार्कमा समुन्द्री छालसँगै बिभिन्न मनोरन्जनका सुबिधाहरु उपलब्ध छन् ।

    आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि स्थापित काठमाडौं फन पार्क भित्र स्थापना भएको कर्णाली म्युजियम पनि युवा बिद्यार्थीदेखि अभिभावकहरुको रोजाईमा पर्दै आएको छ । कर्णाली म्युजियमका सञ्चालक डा. गोबिन्द नेपालीका अनुसार, कर्णालीका भेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्पराका अलवा त्यहा“ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा संग्रहित छन् । 

    बढ्दो शहरीकरण र जनसंख्या बृद्धीसंगै एकै ठाउंमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित स्थानको अभाव भइरहेको बेलामा काठमाण्डौं फन भ्यालीले आन्तरिक पर्यटनको विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । पार्कमा  बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारका सबै सदस्यले एकै ठाउंमा मनोरञ्जन लिनसक्ने गरी यो पार्क सञ्चालनमा ल्याइएको काठमाडौ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापा बताउंछन् ।  

    काठमाडौंको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसंगै पलासेमा सञ्चालित छ, काठमाडौं फनपार्क । सो पार्कमा जल र स्थल गरी ११ वटा विभिन्न खेल खेल्न पाउने र उमेरअनुसारको तीन वटा पौडी पोखरीको व्यवस्था गरिएको छ ।  

    मुम्बईको ‘वाटर किंगडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट ५६ रोपनी क्षेत्रफलमा फनपार्क सञ्चालनमा ल्याइएको हो । जहां एकै दिनमा करिब तीन हजारले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए । फन पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।
     
    त्यस्तै पार्कमा अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको पनि मज्जा लिन सकिने फनपार्कका निर्देशक दामोदर उपाध्याय बताउंछन् । उपाध्यायका अनुसार, फनपार्कमा बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सक्ने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुने जनाइएको छ ।  

    कोरोना सङ्क्रमणलाई ध्यान दिई स्वास्थ्य मापदण्डको व्यवस्था, गुणस्तरीय उपकरण राखिएको उपाध्यायले बताए । फनपार्कमा रमाउंन आउंनेलाई सर्वसुलभ मुल्यमा खानपानको व्यवस्था समेत मिलाइएको छ । पार्क प्रवेशका लागि बिद्यार्थीले ४ सय ५० र अन्यलाई ६ सय ५० रूप‌ैयाँ शुल्क तिर्नुपर्छ 


    images
    images

    Logo