काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८० सालको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर सार्वजनिक अनुसार २ सय २४ दिन विद्यालय खुल्ने भएको छ ।
महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परिक्षा, विदा र आन्तरिक क्रियाकलाप लगाएका कार्यक्रमहरुमा एकरुपता कायम गर्ने र यसै अनुसार आफ्नै शैक्षिक क्यालेन्डर र शैक्षिक योजना तयार पार्ने महानगरले विद्यालयहरुलाई आग्रह गरेको छ ।
कार्यतालिका अनुसार २०८० सालमा बैशाख ३ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएको छ भने गर्मी विदा ८ दिन (असार २२ गतेदेखि २९ गतेसम्म), प्रथम त्रैमासिक मुल्याङ्कन (साउन २५ गतदेखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि कात्तिक ३० गतेसम्म दशैँ तिहार विदा ३३ दिन (दशैँ विदा–असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म १५ दिन, दशैँ तिहान बीचको विदा १३ दिन तिहार विदा कात्तिक २६ गतेदेखि ३० गतेसम्म ५ दिन), दोस्रो त्रैमासिक/ अर्धबार्षिक मुल्याङ्कन पुस १ गतेदेखि ११ गतेसम्म रहेको छ ।
त्यस्तै, जाडो विदा १० दिन ( पुस १६ गतेदेखि माघ ५ गतेसम्म ) अन्तिम मुल्याङ्कन चैत १ गतेदेखि ९ गतेसम्म र चैत १० गतेदेखि शैक्षिक सत्र सुरु नहुनजेलसम्म चालु शैक्षिक सत्र, मुल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरि आगामी शैक्षिक सत्र २०८० को लागि योजना निर्माण शैक्षिक साम्रागी निर्माण कक्षा कोठा व्यवस्थापन लगाएतको तयारी गर्नुपर्नेछ ।
त्यस्तै, शैक्षिक सत्र २०८० मा ५ दिन विद्यालयहरुले आफनै आवश्यकता अनुसार विदा दिनसक्ने जनाएको छ ।



