काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले सूचना जारी गर्दै २ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले जुनियर अफिसर र सुपरभाइजर जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । सो पदका लागि स्नातक पास गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत ३० गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।