images
images

आइएमई पेबाट आन्तरिक उडानको टिकटलाई रिफन्डेबलमा फेर्न मिल्ने, यी एयरलाइन्समा पाइन्छ सुविधा


  • 210
    SHARES
  • २०७९ चैत्र २३ गते बिहीबार

    आइएमई पेबाट आन्तरिक उडानको टिकटलाई रिफन्डेबलमा फेर्न मिल्ने, यी एयरलाइन्समा पाइन्छ सुविधा

    काठमाडौं । आइएमई पेले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब विभिन्न आन्तरिक उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन्। पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको छ । 

    यसै क्रममा आइएमई पे मार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने बताइएको छ । 

    ग्राहकहरुले आइएमई पेबाट सुपथ मूल्यमा उच्च क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्ने छन्। साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउने कम्पनीले जनाएको छ।

     


    images
    images

    Logo