काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।