भक्तपुर । नयाँवर्ष २०८० को अवसरमा आयोजना हुन लागेको ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको तयारी पुरा भएको छ ।
विहिबारदेखि शुरू हुने मेलाको कृषि तथा पशुपन्छी विकाश मन्त्री डा।वेदु राम भुषालले उद्घाटन गर्ने कार्यक्रम तयारी रहेको छ ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिनसम्म महोत्सव सञ्चालन हनेछ ।
संयोजक थापाका अनुसार उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको हो । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनीमा आयोजना हुने महोत्सवमा २०० भन्दा बढी स्टल रहनेछन् ।
महोत्सवमा मानवीय जीवनमा प्रयोग हुने सामानदेखि सम्पूर्ण दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा लगायतका स्टल हुनेछन् । महोत्सवमा कृषि तथा हस्तकलाका सामाग्री, भाँडाकुडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताए ।
महोत्सवमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानको स्टल समेत रहनेछन् । मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले जानकारी दिए । महोत्सव करिब ५ लाखले अवलोकन गर्ने र १० देखि १२ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकको छ।
अध्यक्ष महतका अनुसार, महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्री रहनेछन् । मेलालाई थप रोमान्चक बनाउन दर्जनौं राष्ट्रिय स्तरका कलाकारको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती राखिने भएको छ ।
महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । महोत्सवमा प्रवेश शुल्क ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए ।
बैशाख ४ गते भने विशेष सांस्कृति कार्यक्रम हुने सो कार्यक्रमकबो टिकटको मुल्य २०० रहेको छ । अध्यक्ष महतका अनुसार, महोत्सवबाट भक्तपुरका अलवा काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले लाभ लिनेछन् ।



