images
images

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


  • 214
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।

    राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै वैशाख १० गते परिपक्व हुने गरी २० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोल अनलाइन माध्यमबाट हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । 

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । 


    images
    images

    Logo