काठमाडौं । न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले मंगलबार गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनकी श्रीमतीले गिरीविरुद्ध बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भएको थियो ।
गिरी अहिले न्याय परिषद्मा कार्यरत छन् भने यस भन्दा पहिले जिल्ला अदालत कपिलबस्तुमा कार्यरत थिए । गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।
गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।