काठमाडौं । आइएमई जनरल इस्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाडौँमा सम्पन्न भएको हो ।
सभाले आइएमई जनरल इस्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । साथै दुई कम्पनी मर्जर भएपछि बन्ने निर्जीवन विमा कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कायम गरि प्रस्ताव समेत पारित गर्नेछ ।
त्यसै गरी दुवै कम्पनीको गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्टको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने भएकाे छ । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरेको छ ।
नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे । दुई कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ३ अर्ब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५ सय १७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अर्ब रहनेछ ।



