काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च हो।
मंगलबार प्रतितोला १ लाख ९ हजार रुपेयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि चैत ५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदी प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । v