काठमाडौं । महिला फुटबलको एसियाली छनोटमा नेपालले आज भियतनामसंग प्रतिस्पर्धा गर्दैछ । राजधानीको दशरथ रंगशालामा हुने खेल सांझ छ वजे शुरु हुनेछ ।
अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका छनौटका लागि खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । किनकी यसअघि नेपाली टोलीले यति शसक्त टिमसंग कहिल्यै प्रतिस्पर्धा गरेको थिएन ।
विश्व वरीयतामा ३३ औं स्थानमा रहेको भियतनामसंग नेपालले पहिलो पटक खेल्न लागेको हो । महिला विश्वकप फुटबल खेल्ने तयारीमा रहेको भियतनामविरुद्ध घरेलु मैदानमा उत्रंदा नेपाली महिला फुटबलको लागि इतिहासकै चुनौतीपूर्ण खेल हुने फुटवल पण्डितहरुले बताएका छन् ।
फिफा वरीयतामा नेपालभन्दा ६७ स्थानमा माथि रहेको भियतनामविरुद्ध घरेलु मैदानको साथ र घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ ।



