images
images

सिक्किमको हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु 


  • 213
    SHARES
  • २०७९ चैत्र २२ गते बुधबार

    सिक्किमको हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु 

    काठमाडौं । सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीसहित ७ जनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् । मंगलबार दिउ“सो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।
     
    सिक्किम सरकारका अनुसार,  ज्यान गुमाउ“नेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठ रहेका छन् । नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका थिए । मृत्यु हुनेअन्यमा भारत उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।

    नेपालीको शव ल्याउने तयारी भइरहेको जनाइएको छ । हिमपहिरामा परेका घाइतेहरुको गान्तोकको एसटीएनएम अस्पतालमा उपचार भइरहेको बताइएको छ । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए । सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको चार घण्टा लगाएर हिमपहिरो हटाएर सडक सुचारु गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।


    images
    images

    Logo