काठमाडौं । अमेरिकाका पूर्वराष्ट्र«पति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको जनाइएको छ । बीबीसीका अनुसार, उनीमाथि ३४ फौजदारी अभियोग लगाइएको छ ।
अमेरिकामा आपराधिक आरोपको सामना र गिरफ्तारीमा पर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । ट्रम्पले म्यानहटन अदालतमा आत्मसमर्पण गर्दै आफूले कुनै अपराध नगरेको बताएको समाचारमा जनाइएको छ ।
ट्रम्पस“ग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको आरोप ट्रम्पलाई लगाइएको छ । त्यसैगरी ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै समर्थकलाई संसद भवन आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको बीबीसीले जनाएको छ ।
न्युयोर्कको म्यानहटन अदालत अगाडि कडा सुरक्षा व्यवस्थाका बीच ट्रम्पका समर्थकले विरोध ¥याली निकाल्ने कोसिस गरेको समाचारमा जनाइएको छ । ट्रम्पका विरोधी र समर्थकको भिड आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । त्यस क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार समेत गरेको बताइएको छ ।



