काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एकैदिन १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपयाा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको छ घने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।