काठमाडौं । अख्तियार अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिनाको आरोपमा जाजरकोटको वडा सचिव देवीलाल जैसीविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।
उनले आर्थिक बर्ष २०७५/७६ को पहिलो, दोस्रो र तेस्रो मासिकको सामाजिक सुरक्षा भत्ता विवरण गर्दा नक्कली लाभाग्राही खडा गरेर २ लाख ७३ हजार ४ सय रुपैयाँ हिनामिना गरेको अख्तियारीले दावी गरेको छ ।
अख्तियारले सोही आरोपमा छेडागाडा नगरपालिका–१२ वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भष्ट्राचार मुद्दा दायर गरेको छ ।