images
images

रविविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता  


  • 264
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    रविविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता  

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।  सो निवेदनलाई मुख्य रजिष्ट्रारले अध्ययन गरेपछि सोमबार रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाइको लागि मंगलबार पेसी तोकिएको छ । 

    निवेदकले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीबक्ता कार्यालयले गरेको निर्णय वदर हुनपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनपर्ने माग गरेका हुन् । 

    अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएर विषयमा रवि लामिछाने उपर कानुनी बमोजिम छानविन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरुका नाममा परमादेश जारी गर्नुपर्ने माग रहेको छ ।  

     

     

     

     


    images
    images

    Logo