images
images

काठमाडौं महानगरको ३० वटा वडामा ई–सिफारिस सेवा सुरु


  • 304
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    काठमाडौं महानगरको ३० वटा वडामा ई–सिफारिस सेवा सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडामध्‍ये ३० वटा वडामा एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई–सिफारिस सुरु भएको छ । महानगरको वडा नम्बर १३ र ३२ मा यो सेवा सुरू हुन बाँकी छ।

    महानगरका सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालले  महानगरका ती २ वडा बाहेक सबै वडाका सेवाग्राहीले विद्युतीय सेवा प्रणाली सुविधा उपलब्ध गराएको बताए । उनले भने, उनले भने, ‘अबको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो। यो प्रणालीमा ई–सिफारिस, दर्ता चलानी लगायत उपलब्ध गराएका छौं।’

    प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नुहुन्छ । मोवाइल एप्लिकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुन्छ । 



    images
    images

    Logo