काठमाडौं । सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा भएको विस्फोटमा रूसी सेनाका मुख्य ब्लगरको मृत्यु भएको छ । रूसीक अधिकारीका अनुसार, ब्लगर भ्लाडलेन टाटारस्कीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्ट्रिट बार क्याफेमा भएको सो विस्फोटमा परेर कम्तीमा १६ जना घाइते भएका छन् । भ्लाडलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो । उनले युक्रेनमा रूसीको आक्रमणलाई कडा समर्थन गर्दै आएका थिए । रूसीको समाचार एजेन्सी आरआईएले मन्त्रालय स्रोतलाई उद्धृत गर्दै भ्लाडलेनलाई एउटा बम लुकाइएको बक्स उपहारस्वरूप दिइएको बताएको छ ।