काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।