images
images

चीनले वैशाख १८ देखि तातोपानी र हिल्सा नाका पूर्ण रुपमा खुलाउने


  • 304
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    चीनले वैशाख १८ देखि तातोपानी र हिल्सा नाका पूर्ण रुपमा खुलाउने

    काठमाडौं । चीनले एक महिनाभित्र नेपालसँगका थप दुई व्यापारिक खोल्ने भएको छ । चीनले वैशाख १८ गतेदेखि  तातोपानी र हिल्सा नाका खुला गर्ने भएको हो । 

     चैत १५ गते तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकले सो  निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै थप दुई नाका खोल्न चीन सहमत भएको हो।

    तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको बताइएको छ । मन्त्रालयका अनुसार   सबै नाका खुल्दै जाने सहमति भएको छ ।

    मन्त्रालयका अनुसार नेपाल चीन दोस्रो ठूलो व्यापारिक तातोपानी नाका सोही दिनबाट दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशाखबाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

    चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए । सबै नाका खुलाउने ‘चिनियाँ नीतिअनुसार हिल्सा नाका खोल्न चीन सहमत भएको बताइएको  छ ।  हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालनमा छ ।


    images
    images

    Logo