images
images

२ करोड अवैध सम्पत्ति राखेको अभियोगमा भन्सारका पूर्व नायबसुब्बा विरुद्ध मुद्दा


  • 254
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    २ करोड अवैध सम्पत्ति राखेको अभियोगमा भन्सारका पूर्व नायबसुब्बा विरुद्ध मुद्दा

    काठमाडौं । भन्सारका पूर्व नायबसुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।  दुई करोड चौध लाख रुपैयाँ अवैध सम्पत्ति राखेको अभियोगमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । 

    अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


    images
    images

    Logo