images
images

गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता


  • 240
    SHARES
  • २०७९ चैत्र १९ गते आइतबार

    गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता बितरण गरिएको हो । 

    गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय  कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । 

    इस्मा–१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरुलाई भत्ता दिने निर्णय गरिएको उनको भनाइ छ । गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ । 


    images
    images

    Logo