काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ । शुक्रबार डलरको मूल्य १ को विक्रीदर १ सय ३२ रुपैयाँ ५ पैसा रहेको थियो ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९६ पैसा रहेको छ।
