काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् । यो नै अर्थमन्त्री महतको पहिलो निर्णय हो ।
महतले गठन गरेका समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।
त्यस्तै अर्थमन्त्रीमा नियुक्त भएसँगै महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याज घटाउनेदेखि अन्य नीतिगत परिवर्तनका लागि सहजीकरण गर्ने पनि बताएका छन् । साथै, उनले शेयर बजार र घरजग्गाको विषयमा पनि धारणा राखेका छन् । उनले अर्थतन्त्रलाई सहज बनाउन जस्तोसुकै निर्णय पनि लिन तयार भएको बताए ।