काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । बिहीबार युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।
यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । मर्जर पश्चात सो कम्पनीकने नाम युनाइटेड अजोड इन्स्योरेन्स हुने भएको छ ।
दुबै कम्पनीले एकापसमा गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता गत पुस २८ गते गरेका थिए । यस अघि अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीचको मर्जर भाँडिए थियो।