images
images

शिक्षामन्त्रीमा जसपाले पठायो अशोक राई को नाम


  • 318
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    शिक्षामन्त्रीमा जसपाले पठायो अशोक राई को नाम

    काठमाडौं । जसपाले शिक्षामन्त्रीको लागि अशोक राईको नाम सिफारिस गरेको छ । सत्ता गठबन्धनको भागवण्डामा दुई मन्त्रालय पाउने समझदारी अनुसार राईलाई शिक्षामन्त्रीका रुपमा सिफारिस गरिएको हो । 

    जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट मन्त्री छान्ने अधिकार प्राप्त गरेसँगै राईलाई शिक्षामन्त्रीको रुपमा छनोट गरेका हुन् । अर्को नाममा भने यादव अझै निर्णयमा पुगेका छैनन् । 

    जसपामा प्रदिप यादव र राजकिशोर यादव मन्त्रीको दावी गरिरहेको बताइन्छ । 

    शिक्षामन्त्री बन्न लागेका राई सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । तत्कालिन एमालेमा उपाध्यक्ष बनेका राई संविधान निर्माणअघि क्षेत्रीय दल खोल्न गएका थिए । अहिले उनी जसपाका वरिष्ठ नेता हुन् । 


    images
    images

    Logo