images
images

भक्तपुरमा चैत २३ देखि  खुला नृत्य प्रतियोगिता आयोजना हुने


  • 412
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    भक्तपुरमा चैत २३ देखि  खुला नृत्य प्रतियोगिता आयोजना हुने

    भक्तपुर । भक्तपुरमा खुला नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । चैत २३ देखि २०८० वैशाख ३ गतेसम्म आयोजना हुने सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सवका अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो । 

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनमा हुने प्रतियोगितामा प्रथमदेखि सान्त्वनासम्म ल्याउनेले नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अभिनयको समेत अवसर पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले३० हजार, दोस्रोले २० हजार, तेस्रोले१० हजार र सान्त्वनाले ३ हजार रुपैयाँ पुरस्कार पाउँने औद्योगिक शान्ति नेपालका अध्यक्ष शन्दिप महतले बताए ।
      

    भक्तपुर खेलकुद विकास समितिको सहयोग तथा इन्द्र विसुन्के, सुमनकुमार श्रेष्ठ र तेजस्वी कला केन्द्र एण्ड मिडिया र लालीगुराँस मिडिया नेपालको विशेष सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतको भनाइ छ ।


    images
    images

    Logo