काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महत रहेका छन् ।
भक्तपुर जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई साे दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा भाइते भएका महतलाई सूर्यविनायक नगर अस्पताल लगेको र सो अस्पतालले थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरेको थियो उपचारका क्रममा उनी शुक्रवार बिहान ९ः२४ बजे उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।