images
images

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 322
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य फेरि बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरिएको छ । 

    बिहीबार प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपेयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo