images
images

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने


  • 293
    SHARES
  • २०७९ चैत्र १७ गते शुक्रबार

    कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदै छन् । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री माओवादीबाट मुख्य मन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् ।

    शर्मा पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए । त्यतिवेला माओवादी–एमालेबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।

    केन्द्रमा एमाले–माओवादी गठबन्धन भत्किएसंगै राप्रपाले समर्थन फिर्ता लिएको हो । शर्मालाई बिश्वासको मत दिने निर्णय गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले समेत गरिसकेको छैन । माओवादी संसदीय दलका नेता शर्मा पुस २७ गते नेकपा एमाले, राप्रपा र एकिकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए ।


    images
    images

    Logo