images
images

क्यान्सर पीडित राईलाई १७ लाख आर्थिक सहयोग


  • 286
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    क्यान्सर पीडित राईलाई १७ लाख आर्थिक सहयोग

    भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि बिभिन्न सहयोगी हातहरुबाट संकलित १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सरपिडित राईको उपचार सहयोगका लागि स्वदेश तथा बिदेशमा रहेका दाताहरुबाट १७ लाख १ हजार १ सय ६६ रुपैयाँ सहयोग संकलन भएको हो । समाजसेवी केदार आले मगरको नेतृत्वमा संचालित ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट संकलन भएको रकम हस्तान्तरण गरेको रकम संकलन अभियानका अभियन्ता तथा निबर्तमान प्रहरी सहायक निरीक्षक ईश्वर बन्जाराले बताए।

    कार्यक्रममा बोल्दै सांसद पासाङले एक व्यक्तिलाई दुःख पर्दा सबैजना एक भएर लागेको देख्दा खुसी लागेको बताए ।सहयोग रकम जुटेको देख्ता रोगले गाँज्यो भने पनि परोपकारी, निस्वार्थी र समाजसेवी ब्यक्तिहरु समाजमा उत्तिकै सकृय रहेको राईको भनाई थियो ।

    कार्यक्रममा मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राई ,चन्द्रकुमार राई, क्याप्टेन बिष्णुभक्त राई लगायतको सहभागिता थियो । रकम संकलन अभियानका अभियन्ता बन्जाराले समाजसेवी राईलाई आर्थिक सहयोग गर्न तन, मन र बचनले  जोडिएका सबैमा हार्दिक नमन गर्दै कसैलाई अफ्ट्यारो  पर्दा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

     बन्जाराका अनुसार राई बिगत ६-७ महिना देखि ईन्डियाको नयाँ दिल्लीस्थित राजिब गान्धी क्यान्सर ईन्स्टिच्युट एड रिसर्च सेन्टर हस्पिटलमा दिर्घ क्यान्सर रोगको उपचार गराई रहेका छन्।

    सकेसम्म अरु कसैलाई पनि आर्थिक रुपमा दुःख नदिउँ भन्ने सोचले उपचारमा निरन्तर लागि रहनु भएका राईको अहिले सम्म उपचारका क्रममा १८ लाख खर्च भई सकेको छ । डाक्टरको परार्मस अनुसार औषधि सेवनमा मात्र राईलाई एक महिनामा दुई लाख लाग्ने गरेको छ ।

     राईले बिगत ७ महिना यता महँगो औषधि खाई रहेका कारण उपचारमा सहयो पुगोस भन्ने हेतुले सहयोग गरिएको  दाताहरूको भनाइ छ । राईलाई एक सय ५२ जना दाताले एक हजारदेखि तीन लाख ५० हजार रूपैयाँसम्म सहयोग गरेको अभियन्ता बन्जाराले बताए ।


    images
    images

    Logo