काठमाडौं । अब बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा ऐन २०७९ मा बीमक नविकरण सम्बन्धी व्यवस्था नरहेकालेअब लाइसेन्स नवीकरण गर्नु नपर्ने भएकोे हो ।
तर चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकी कम्पनीहरुले भने सो अवधिसम्मको लागि नवीकरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
यस अघि बीमा ऐन २०४९ मा हरेक वर्ष बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।