काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नयाँ संक्रमितको संख्या ४२ जना पुगेकोे हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ सय १५ जनामा गरिएको नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमितको भेटिएका छन् । जसमध्ये ३ सय जनामा गरिएको आरटीपीसीआर परीक्षणमा ३७ जना र ६ सय १५ जनामा गरिएको एन्टीजेनमा ५ जनामा संकमण भेटिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म १ सय २३ जना सक्रिय संक्रमित भेटिएका छन् । ४१ हजार ४ सय ९ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।



