images
images

आयोगले तोक्यो तीनै स्थानको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत


  • 204
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    आयोगले तोक्यो तीनै स्थानको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । बिहीबार आयोगले चैत १८ गतेदेखि लागु हुनेगरी तीनै स्थानको लागि मुख्य निर्वाचन अधिृकत नियुक्त गरेको हो ।  

    मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य रहेका छन् । 

    मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको आयोगले जनाएको छ । 


    images
    images

    Logo