images
images

आइडियाप्रनर नेपालद्वारा मनिमित्र एप सार्वजनिक


  • 591
    SHARES
  • २०७९ चैत्र १६ गते बिहीबार

    आइडियाप्रनर नेपालद्वारा मनिमित्र एप सार्वजनिक

    काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीवार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । 

    नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका आइडियाप्रनर नेपालले निभाउँदै आएको छ । एपमा नेपालको शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगाएतका सेवाहरु उपलब्ध रहेका छन् । एप प्रयोग कर्ताले शुरुवातका दिनहरुमा २९९ रुपैयाँ  तिरेर प्रयोग गर्न सक्नेछन् । 

    उक्त एप सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सार्वजनिक भएको मणीमित्र एपले धितोपत्र बोर्डको समस्या समेत समाधान गर्न बताए। उनले नेपालका शेयर बजारमा मुल जनसख्याको २० प्रतिशत नागरिक सहभागिता रहेको भन्दै वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई सहयोग गर्ने बताए। उनले यस्ता एपहरुले दिने शेयर लगानी साक्षरतामा वृद्धि गर्ने बताए । 

    त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जोक कोईरालाले मनि मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचिकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेसक्ने बताए । उनले मनिभित्र एपमा रहेको गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, शेयर बजारमा दैनिक रूपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी पाउन सकिने बताएका छन् ।

    उनका अनुसार गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रूपमा रहेका छन्। नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिनसक्ने कम्पनीहरुलाई समूहगत रूपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेण्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ। उनले मनिभित्रले मानिसहरुलाई लगानी गर्न सिकाउँछ, लगानी बढाउँछ र लगानी गरेको रकमलाई व्यवस्थापन गर्न समेत सिकाउने बताए।

    मनि मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ प्रदान गर्न सकिन्छ । ब्रोकर चिरफारको फीडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्नेगरी साझा गर्ने व्यवस्था गरिएको छ ।

    ब्रोकर चिरफार अन्तर्गत शेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसावकिताव, ब्रोकेरले सर्वाधिक खरिदबिक्री गरेका शेयरको बिबरण, ब्रोकरले होल्ड गरेको कम्पनीको बिवरण सँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरूलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ । मनिमित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ ।–न्युज एजेन्सी नेपाल  


    images
    images

    Logo