काठमाडौं । प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले १५ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १४ लाख १६ हजार १ सय ९५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति मूल्यमा लिने हो सो को समेत विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आइपुग्नेगरी निवेदन दिन बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट पुर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संघ संस्थालाई बिक्री गर्ने समेत बैंकले जनाएको छ ।