images
images

सत्ता गठबन्धनको भागवण्डा टुङ्गियो, नयाँ मन्त्रीको शपथ भोलि


  • 303
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    सत्ता गठबन्धनको भागवण्डा टुङ्गियो, नयाँ मन्त्रीको शपथ भोलि

    काठमाडौं ।  सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालयको भागवण्डा टुङ्गीएको छ । बुधबार  बालुवाटारमा बसेको शीर्ष नेताहरुको वैठकले कुन दललाई कति मन्त्रालय दिने भन्ने सम्बन्धमा समझदारी जुटाएको हो । 

    समझदारीसँगै भोलिसम्म मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तयारी छ । त्यसका लागि जतिसक्दो छिटो मन्त्रीहरुको नाम पठाउन उनले सबै दलहरुलाई आग्रह गरेका छन् । 

    मन्त्रालयको बारे टुङ्गो लगाएको बताएपनि हालसम्म कुन कुन पार्टीले कुनकुन मन्त्रालय पाउने भन्नेबारे सार्वजनिक गरिएको छैन । राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने बताइसकेको छ । 


    images
    images

    Logo