images
images

यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा


  • 215
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

    काठमाडौं । काठमाडौँको  कीर्तिपुरमा आज गरिएको विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारवाही गरेको छ । १ सय १५  भन्दा बढी  सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठिक नभएका १९ वटा र  लाईटहरु दुरुस्त नभएका ७ वटा  गरी  २६ वटा सवारी साधन फेला परेपछी चालकलाई कारवाही गरिएको हो । 

    सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएको सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो । 

    नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।


    images
    images

    Logo