काठमाडौं । खाद्यान्न बालीको पनि २ लाख रुपौयँसम्म दुर्घटना विमा हुने भएको छ । नेपाल विमा प्राधिकरणले बीमालेख जारी गर्दै किसानले धान, मकै, गहँ जौ र कोदो लगायतको खेतीको बीमा गर्ने व्यवस्था गरेको हो ।
बीमा गरिएका खाद्यान्न वालीहरुमा क्षति पुगेमा बीमालेखमा विभिन्न ८ प्रकारको जोखिम विरुद्ध रक्षावरण हने प्राधिकरणले जनाएको छ । अन्नजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङ्, रोग तथा किराजन्य आकस्मिक तथा दुर्घजनाजन्य बाह्य कारणहरुबाट बालीमा क्षति भए बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, यो बीमालेखको अवधिभर बीमितलाई दुर्घटना बीमा बापतको बीमांक रकम २ लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्ने छ।आत्महत्याबाहेक अन्य कुनै पनि दुर्घटनाका कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी ढाणको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा अतिरिक्त सुविधा पाइने व्यवस्था गरिएको छ।
खाद्यान्न बालीको लागि बीमालेखको अवधि बालीको जात, सिफरिस क्षेत्र तथा पाक्ने दिनलाई आधार लिई अधिकतम ११ महिनासम्मको हुने उल्लेख छ । बीमालेखकमे अवधि समाप्त हुने मितिको मध्यरात बाह्र बजे बीमा अवधि समाप्त हुने छ ।
यस्तै, प्राधिकरणकाअनुसार एकै क्षेत्रफलमा लगाईएको खाद्यान्न बालीको आंशिक रुपमा बीमा गर्न पाइने छैन ।बीमालेख जारी भइसके पश्चात बीमाङ्क रकम परिवर्तन गर्न पाइछैन । साथै, खाद्यान्न बालीको बीमा सामूहिक रुपमा समेत गर्न सकिनेछ ।



