images
images

जुवा खेलीरहेको अवस्थामा १६ जना पक्राउ


  • 257
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    जुवा खेलीरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौं । जुवा खेलीरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई पक्राउ गरेको हो । 

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo