images
images

एनएमबि बैंक र केयुकेएल बीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने


  • 676
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    एनएमबि बैंक र केयुकेएल बीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

    काठमाडौं । एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्निच्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।  

    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । 


    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।   


    images
    images

    Logo