काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोली बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने भएको हो ।
लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार कित्ता शेयरको लागि आवेदन परेको छ ।
लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार कित्ता शेयरमा सर्वसाधारणलाई छुट्याइएको छ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ ।गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ७७ हजार ४ सय ५६ जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् ।



