images
images

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ‘स्कारपियो’ दुर्घटना,   छ जना घाइते


  • 134
    SHARES
  • २०८३ भाद्र २ गते मंगलबार

    काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ‘स्कारपियो’ दुर्घटना,   छ जना घाइते

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो । 

    घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश  गोकर्ण डाँगी, रजिस्ट्रार र  तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु,  छोरा रितेन्द्र बडु,  रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।  घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको  जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।  दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

    गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।


    images
    images

    Logo