images
images

प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन


  • 168
    SHARES
  • २०८३ श्रावण ३१ गते आइतबार

    प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन

    काठमाडौं । नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिको आइतबार बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। 

    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरेको छ । युनियनको विधान–२०४८ ९सातौँ संशोधन २०८३० को धारा ४६ बमोजिम वरिष्ठ पत्रकार तेज प्रकाश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । 

    प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार, निर्वाचन समितिको सदस्यमा अधिवक्ताहरू बाबुराम अर्याल, राजकुमार उप्रेती, प्रदीप सत्याल तथा पत्रकार बिमला तुम्खेवा रहेका छन्। बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन गठित समितिलाई विधानअनुसार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ। 

    महाधिवेशन तयारीका लागि शाखाहरुको अधिवेशन सुरु गर्ने निर्णय यस अघिनै केन्द्रीय समिति वैठकले गरेको थियो । सोहि निर्णय अनुसार धेरै जिल्लामा भदौको पहिलो साताबाटनै जिल्ला अधिवेशन शुरू हुन लागेको महासचिव पौडेलले बताए । 


    images
    images

    Logo