images
images

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • 161
    SHARES
  • २०८३ श्रावण ३१ गते आइतबार

    टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    भद्रपुर  ।  टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । 

    शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो । 

    दुर्घटनापछि  भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।


    images
    images

    Logo