images
images

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए


  • 175
    SHARES
  • २०८२ चैत्र १६ गते सोमबार

    परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

    पर्वत । यहाँको मोदी गाउँपालिकामा सञ्चालित नि:शुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ ।  नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित  हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।  

    आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिए। उनले भने, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् । ” 

    मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसेका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताए । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।


    images
    images

    Logo