images
images

रवि लामिछाने आज रूपन्देहीबाट रिहा हुंदै


  • 525
    SHARES
  • २०८२ पौष ४ गते शुक्रबार

    रवि लामिछाने आज रूपन्देहीबाट रिहा हुंदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी लामिछाने रूपन्देहीबाट आज रिहा हुने भएका हुन्। 

    त्यसअघि लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँने भएको छ। जिल्ला अदालतमै उपस्थित गराएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लामिछानेलाई रूपन्देही ल्याउन लागिएको हो । अदालतमा उपस्थित गराउँनका ालागि लामिछानेलाई शुक्रवार बिहानै नख्खुबाट रूपन्देही लगिएको छ। 

    न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मञ्जुर हुने कागज गराएर रिहा गराउन बिहिवार आदेश दिएको थियो। सोहि आदेश अनुसार लामिछानेको भागमा परेको बिगो वापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने भएपछि लामिछानेलाई रुपन्देही लैजान लागिएको हो। 

    चैत २५ गते उच्च अदालतकै आदेशमा लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका थिए । साउन ३१ गते लामिछानेलाई नख्खु सारिएको थियो। 




    images
    images

    Logo