images
images

राष्ट्रको लागि २ घण्टा अभियान ः २ मन्त्रीको उपस्थितीमा भब्य कार्यक्रम


  • 579
    SHARES
  • २०८२ भाद्र ५ गते बिहीबार

    राष्ट्रको लागि २ घण्टा अभियान ः २ मन्त्रीको उपस्थितीमा भब्य कार्यक्रम

    भक्तपुर । राष्ट्रको लागि २ घण्टा अभियान प्रवद्र्धन केन्द्र नेपालले आफ्नो दोस्रो साधारणसभा र हरितालिका तिज विशेष उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगर र संस्कृति तथा पर्यटन मन्त्री शुरेस श्रेष्ठको उपस्थितीमा अभियानले दोस्रो साधारणसभा सम्पन्न गरेको हो ।

    कार्यक्रममा अभियानका सचिव गोविन्द प्रसाद आचार्यले आव ०८१÷०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष मधु ढुंगेलले आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेका थिए । त्यसैगरी उपाध्यक्ष नरेश रञ्जितले पेश गरेको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत अनुमोदन गरिएको थियो । कार्यक्रमको प्रारम्भमा उपाध्यक्ष उत्तरा नेपालले स्वागत मन्तव्य दिएकी थिईन् भने अध्यक्ष ढुंगेलले मन्त्रीद्वयलाई फूलमाला अर्पण गर्दै अभियानप्रति निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए । 

    सम्मान र योगदानको कदर
    कमलपोखरीस्थित कुमारी पार्क परिसर बोडेमा आयोजित कार्यक्रममा सामाजिक क्षेत्रमा विशेष योगदान पु–याएका व्यक्तित्वहरुलाई मन्त्रीद्वयको हातबाट सम्मान गरिएको थियो ।

    कार्यक्रममा अभियानका सल्लाहकारहरु अञ्जना देवी मधिकर्मी, जुना बस्नेत र भागिरथा सिटौला, चाँगुनारायण नगरपालिका–२ का वडाअध्यक्ष सोम प्रसाद प्रधान, आयोजक समितिका उपाध्यक्ष जयराज पौडेल, सचिव चन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष विना देउजा लगायत अभियानका सदस्य, साधारण सदस्य तथा विभिन्न संस्थागत प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    अतिथिहरुको प्रतिबद्धता
    साधारणसभामा उपस्थित अतिथिहरुले अभियानले वातावरण संरक्षण र सामाजिक सचेतनामा पु–याएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत तथा संस्थागत स्तरमा साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको व्यवस्थापकीय संयोजनमा अभियान सदस्य पुरुषोत्तम श्रेष्ठको सक्रियता र प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।




    images
    images

    Logo