images
images

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, काठमाडौंबाट जाने सवारीसाधन बाटोमै रोकिए


  • 708
    SHARES
  • २०८२ श्रावण २३ गते शुक्रबार

    पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, काठमाडौंबाट जाने सवारीसाधन बाटोमै रोकिए

    काठमाडौं  । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।

    रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।

    गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

    गुल्मी, २३ साउन स् अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
      
    डहरेमा  लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भइ प्रनाउ सारुले बताउए । उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो ।
          
    त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा  पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ । 
           
    जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ । गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 


    images
    images

    Logo