images
images

कालिका लघुवित्तले गर्यो लाभांश घोषणा


  • 402
    SHARES
  • २०८१ मंसिर २६ गते बुधबार

    कालिका लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

     


    images
    images

    Logo